ऋण लिएर होइन, श्रम गरेर मात्र देश बन्छ– हर्क साम्पाङ

बुटवल– श्रम संस्कृति पार्टीका संयोजक हर्क साम्पाङले वैदेशिक ऋणको भर परेर देशको विकास हुन नसक्ने बताएका छन् ।

श्रम संस्कृति पार्टी रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै संयोजक साम्पाङले ऋण लिएर देश बनाउने मानसिकता गलत भएको टिप्पणी गरे ।

नेपाललाई समृद्ध बनाउन हप्तामा एक दिन देशका लागि अनिवार्य श्रम गर्नुपर्ने प्रस्ताव उनले अघि सारे । ‘ऋणले देश बन्दैन, श्रमले बन्छ,’ साम्पाङले भने, ‘हप्ताको ६ दिन आफ्नो लागि काम गर्नुहोस् तर बाँकी एक दिन देशका लागि श्रम गर्नुहोस् ।’

छिमेकी मुलुक चीनसहित जापान र कोरियाको उदाहरण दिँदै उनले ती देशहरू ऋणले नभई जनताको कडा परिश्रम र श्रम संस्कृतिले नै धनी बनेको उदाहरण दिए । उनले अब गफ गर्ने मात्र नभई काम गर्ने संस्कृतिको विकास गर्नु नै वर्तमान समयको मुख्य आवश्यकता रहेकोमा जोड दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार