सार्वजनिक यातायातको भाडा फेरी बढ्यो, ईभीले भने बढाउन नपाउने !

काठमाडौं । सार्वजनिक यातायात भाडा दर पुन: वृद्धि भएको छ । दुई वा सो भन्दा बढी प्रदेश भई (राष्ट्रिय स्तरका रुटमा) सञ्चालन हुने सार्वजनिक यात्रुवाहक तथा मालवाहक सवारी साधनमाको भाडा दर ५ प्रतिशतले बृद्धि भइएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सूचना अनुसार डिजेलको मूल्य बृद्धि हुँदा स्वचालित प्रणाली बमोजिम भाडा दरको समायोजन गरिएको छ । तर, विद्युतीय सवारी साधनले भने भाडा बृद्धि गर्न पाउने छैनन् । अहिले डिजेलको मूल्य प्रतिलिटर २३५ रुपियाँ पुगेको छ । डिजेलको मूल्य अत्यधिक बृद्धि हुँदा भाडा दर स्वचालित प्रणाली बमोजिम समायोजन गरिएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार