निजी क्षेत्रको मनोबल माथी उठाउनु आजको आवश्यकता: अध्यक्ष ढकाल

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक पुनरुत्थानका लागि निजी क्षेत्रको मनोबल माथी उठाँउँदै विश्वास पुनःस्थापना गर्नु आजको मुख्य आवश्यकता भएको बताएका छन् ।

नवलपुर उद्योग वाणिज्य संघको ११ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष ढकालले राजनीतिक अस्थिरता, असरुक्षा र अन्यौलका कारण आर्थिक गतिविध चलायमान हुन नसकेकोले र निजी क्षेत्रको मनोबलमाथी नउठेसम्म आर्थिक गतिविधि चलायमान हुन कठिन हुने धारणा राखे ।

हरेक आन्दोलनका क्रममा निजी क्षेत्रका उद्योग, व्यवसायमा प्रहार हुने गरेकोमा चिन्ता व्यक्त गर्दै अध्यक्ष ढकालले यस्तो अवस्थाले लगानी वातावरण थप कमजोर हुने धारणा राखे । नेपालमा व्यवसायीले गरेको योगदानको चर्चा भन्दा नकारात्मक प्रचार बढि हुने गरेको उल्लेख गर्दै यस प्रकारको धारणामा परिवर्तन आवश्यक भएको बताए । ‘देशमा सबैभन्दा बढि रोजगारी सिर्जना गर्ने निजी क्षेत्र, राजस्वमा योगदान गर्ने निजी क्षेत्र तर हरेक आन्दोलनमा निजी क्षेत्र तारो बन्ने गरेको छ । अब जुनसुकै प्रर्दशन या आन्दोलनमा निजी क्षेत्रमा आगजनी र तोडफोड गर्नु हुँदैन भन्ने सन्देश आमरुपमा प्रवाह गर्नु पर्दछ,’ अध्यक्ष ढकालले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार