आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो

काठमाडौँ – नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको सुनको मूल्य शुक्रबार घटेर २ लख ५८ हजार ४०० रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा ४ हजार ८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा ४ हजार ५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ।

प्रतिक्रिया
सम्बन्धित समाचार