एमाले निर्वाचनमा कसले जिते कसले हारे ? (सूचीसहित)

काठमाडौं- नेकपा एमालेको १९ जना पदाधिकारीमध्ये १७ जना अध्यक्ष केपी शर्मा ओलीको प्यानलका विजयी भएका छन् ।

उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेशकुमार भट्टराई मात्रै ईश्वर पोखरेल प्यानलबाट आएका छन् ।

पदाधिकारीतर्फ एकजना मात्रै महिला पद्मा अर्याल सचिव पदमा विजयी भएकी छन् । उता ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा विन्दा पाण्डे र सचिवमा रचना खड्का पराजित भएका छन् ।

सचिव पदमा निर्वाचित सबै ९ जना ओली प्यानलका रहेका छन् ।

अध्यक्ष (१ जना निर्वाचित)

जित

१. केपी शर्मा ओली-१६६३

हार

२. ईश्वर पोखरेल-५६४

 

उपाध्यक्ष (५ जना निर्वाचित)

जित (मतको उच्च क्रमअनुसार)

१. पृथ्वी सुब्बा गुरुङ-१७३७

२. विष्णुप्रसाद पौडेल-१६७५

३. रामबहादुर थापा ‘बादल’-१५१६

४. गोकर्णराज विष्ट-१३६८

५. रघुजी पन्त-१२५८

हार

६. गुरु प्रसाद बराल-११३७

७. विन्दा पाण्डे-९२१

८. पर्शुराम मेघी गुरुङ-४६१

९. अरुण नेपाल-४३९

१०. टंक प्रसाद कार्की-३५८

११. भीमप्रसाद आचार्य-२६५

महासचिव (१ जना निर्वाचित)

जित

१. शंकर पोख्रेल-१२२८

हार

२. सुरेन्द्र प्रसाद पाण्डे-९९९

 

उपमहासचिव (३ जना निर्वाचित)

जित (उच्च मतक्रम)

१. लेखराज भट्ट-१४५२

२. रघुवीर महासेठ-१३६८

३. योगेश भट्टराई-१३४८

हार

४. विष्णुप्रसाद रिमाल-१०९१

५. आनन्द प्रसाद पोख्रेल-६३५

६. वैजनाथ चौधरी-५१७

७. राजेन्द्रप्रसाद गौतम-२७०

 

सचिव (९ जना निर्वाचित)

जित (मतको क्रमअनुसार)

१. महेश बस्नेत-१५४४

२. पद्मा कुमारी अर्याल-१५३०

३. शेरधन राई-१५३०

४. छविलाल विश्वकर्मा-१५०६

५. हिक्मत कुमार कार्की-१३३७

६. खगराज अधिकारी-१३३१

७. यामलाल कँडेल-११८५

८. राजन भट्टराई-११८१

९. भानुभक्त ढकाल-११०८

हार

१०. गोकुल प्रसाद बास्कोटा-१०३०

११. ठाकुर प्रसाद गैरे-८८३

१२. रचना खड्का-८७७

१३. कर्णबहादुर थापा-८४७

१४. विनोदप्रसाद ढकाल-६८४

१५. कृष्ण गोपाल श्रेष्ठ-६२५

१६. अग्निप्रसाद खरेल-५१६

१७. लालबाबु पण्डित-४९६

१८. पेम्बा लामा-४९३

१९. पुरुषोतम पौडेल-४६२

२०. इन्द्रलाल साप्कोटा-४०५

प्रतिक्रिया
सम्बन्धित समाचार