काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । बिहीबार (पुस २) बिहान करिब पौने १० बजेदेखि काठमाडौंको भृकुटीमण्डपमा मतगणना भइरहेको छ ।
तीन उपमहासचिव पदका निम्ति सातजना चुनावी प्रतिस्पर्धामा छन् । हालसम्म करिब ५० प्रतिशत मतगणना सकिएको छ ।
एक हजार १३९ मत गन्दा उपमहासचिवमा लेखराज भट्ट सबैभन्दा अगाडि छन् । उनले ७३४ मत प्राप्त गरेका छन् ।
उनीपछि योगेश भट्टराईले ७०९, रघुवीर महासेठले ६८९, विष्णुप्रसाद रिमालले ५४०, आनन्दप्रसाद पोख्रेलले ३३४, वैजनाथ चौधरीले २७१ मत पाएका छन् ।
अन्तिम नामावली प्रकाशन गरिसकेपछि उमेदवारी फिर्ताको घोषणा गरेका राजेन्द्रप्रसाद गौतमले १४० मत प्राप्त गरेका छन् ।
मतदानमा ८० विद्युतीय मेसिन प्रयोग गरिएको थियो । त्यसबाट प्रतिनिधिले मतदान गरेका हुन् ।