भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही नेपाल आउंदै 

काठमाडौं– भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही नेपाल आउने भएकी छिन् । शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजना हुने च्यारिटी कार्यक्रमका लागि अभिनेत्री फतेही नेपाल आउन लागेको आयोजक वल्र्डवाइड फिल्मस् नेटवर्क प्रालिका अध्यक्ष देव मगरले बताए ।

उनले भने, “मनोरञ्जनमार्फत सामाजिक कार्यलाई सहयोग गर्ने उद्देश्यले हामीले यो कार्यक्रम गर्न लागेका हौँ, नेपालमा अभिनेत्री फतेहीको माग देखेर हामीले कार्यक्रमका लागि गरेको अनुरोधमा उहाँ सहमत हुनुभएको हो ।” उनले आगामी वर्ष विसं २०८२ को ३ जेठमा बौद्धस्थित हायातको चौरमा ‘नोरा फतेही लाइभ इन नेपाल’ शीर्षकमा कार्यक्रम आयोजना हुने बताए । नेपाल आउन र नेपालीलाई भेट्न आफू उत्साहित रहेको अभिनेत्री फतेहीले बताएकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार