कुलमान घिसिङको पार्टीबाट श्रेष्ठले दिइन् राजीनामा

काठमाडौं– ऊर्जामन्त्री कुलमान घिसिङको उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले राजीनामा दिने घोषणा गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत आजदेखि पार्टीको केन्द्रीय सदस्य पद त्यागेको स्पष्ट पारेकी हुन्।

श्रेष्ठले लेखेकी छन्, म आजदेखि उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट राजीनामाको घोषणा गर्दछु । अरु अभियन्ता साथीहरू के गर्नुहुन्छ ? मेरो नैतिकताले दिएन ।’

हेटौँडा उपमहानगरपालिका क्षेत्रमा भएका घटनाले आफूलाई गम्भीर रूपमा स्पर्श गरेको र पीडितको पक्षमा उभिनुलाई आफूले नैतिक कर्तव्य ठानेकाले राजीनामा दिने निर्णय गरेको उनको उनको भनाइ छ ।

हेटौँडाको मुख्य सडक विस्तारका लागि आज बिहानदेखि सडक सीमाभित्रका भौतिक संरचनाहरू भत्काउन सुरु गरिएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले आज बिहानैदेखि जेसीबी प्रयोग गरेर हेटौँडाको मुख्य बजार क्षेत्रको २५/२५ गज विस्तारका लागि भौतिक संरचना भत्काइएको हो ।

उनले अन्य अभियन्ता तथा सहकर्मीहरूलाई समेत वर्तमान परिस्थितिमा के गर्ने भन्नेबारे गम्भीर भएर सोच्न आग्रह गरेकी छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार