एमालेले आज काठमाडौंमा वृहत जनसभा र प्रदर्शन गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा वृहत जनप्रदर्शन र जनसभा गर्ने भएको छ ।

एमाले बागमती प्रदेश कमिटीको आयोजनामा बिहान ११ बजे प्रदर्शनीमार्ग भृकुटीमण्डपमा शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा गर्न लागिएको एमालेले जनाएको छ ।

एमालेले प्रतिनिधिसभा विघटन विरुद्ध र सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक तवरले बनेको भन्दै त्यसको विरोध गर्दै आएको छ ।

एमालेले पहिलो चरणमा गत कात्तिक २२ गते देशैभरका वडास्तरीय भेला गरेको थियो भने २५ गते अधिकांश पालिकाहरूमा जनप्रदर्शन र्‍याली गरेको थियो । यसैगरी कात्तिक २९ गते जिल्लास्तरीय प्रदर्शन र सभा गरेको एमालेले आज काठमाडौंमा वृहत प्रदर्शन गर्न लागेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार