सुन र चाँदीको मूल्य सस्तियो, प्रतितोला आज कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । स्थानिय बजारमा आज सुनको मूल्यमा उच्च गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज सुन ६ हजार ९ सय रुपैयाँले सस्तिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार भने एक तोला सुनको कारोबार २ लाख ४९ हजार ७ सयमा भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी १५० रुपैयाँले घटेको छ । यससँगै चाँदीको कारोबार प्रतितोला ३ हजार १३५ रुपैयाँमा भईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार