आज सुनको मूल्य ५ हजार ९०० रुपैयाँले बढ्यो

काठमाडौँ – बुधबारको तुलनामा आज एक तोला सुनको मूल्य ५ हजार ९०० रुपैयाँले वृद्धि भएको छ । चाँदीको मूल्य पनि तोलामा १७० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ५० हजार २०० रुपैयाँ कायम भएको छ भने त्यति नै परिमाणको चाँदी ३ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार एक तोला सुन २ लाख ४४ हजार ३०० र चाँदी ३ हजार १७५ मा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार