महानगरले कांग्रेस नेता दीपक खड्का जोडिएको स्काउटको जग्गामा डोजर चलायो 

काठमाडौं । काठमाडौंको लैनचौरमा रहेको स्काउटको जग्गा कब्जामा लिएर भाडा नतिरी बसेको भन्दै लामो समयदेखि विवादमा रहेको जग्गाभित्र रहेका टहरामा काठमाडौं महानगरले डोजर चलाएको छ ।

स्काउटले भाडामा दिएको जग्गामा खड्काले विभिन्न संरचना बनाएको र भाडा नतिरेको आरोप छ । कांग्रेस नेता तथा पूर्वमन्त्री खड्काले त्यहाँ व्यापारिक भवन बनाएको र भाडा तिर्न नमानेको भन्दै खाली गर्न पत्राचार गरिएको थियो ।

तर खाली नभएपछि आज बिहानै काठमाडौं महानगरपालिकाको डोजरले उक्त जग्गाभित्र बनेका टहरा भत्काएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार