बालेनविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा युवा संघ नेपालले दियो जाहेरी

काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा जाहेरी दिएको छ ।

सामाजिक सञ्जालबाट एमाले, काङ्ग्रेसलगायतका दलका साथै विदेशी देशहरूलाई गाली गरेको कसुरमा युवा सङ्घले बालेन साहविरुद्ध जाहेरी दिएको हो ।

जाहेरी पत्रमा सार्वजनिक पदमा बसेको व्यक्तिले दलका साथै अन्य देशलाई गाली गरि सार्वजनिक शान्ति खलल गरेको,सामाजिक भाइचारा बिगारेको र अन्तर्राष्ट्रिय सम्बन्धमा समेत आँच आउने कार्य गरेकाले प्रचलित कानुन बमोजिम कारबाही गर्न माग गरिएको राष्ट्रिय युवा सङ्घ नेपालका उपाध्यक्ष महाराज गुरुङले जानकारी दिए ।

जाहेरीमाथि छलफल गरेर आवश्यक प्रक्रिया अघि बढाउने जानकारी प्राप्त भएको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार