परमेश्वरको मण्डलीद्वारा ग्वार्को सडक सरसफाइ कार्यक्रम बृहत रुपमा सम्पन्न (तस्बीरसहित)

ललितपुर । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले आज बुधबार ८,६७२ औं विश्वव्यापी वातावरण सरसफाइ अभियान बृहत रुपमा सम्पन्न गरेको छ ।

बुधबार ग्वार्को- लामाटारमा आयोजना गरिएको वृहत सरसरफाई कार्यक्रममा १ सय ७० जना भन्दा बढी मण्डलीका सदस्यहरुको सहभागीता रहेको थियो ।

सडक सरसफाइ करिब १.५ किलोमिटर फुटपाथ र सडकको दायाँ बायाँको क्षेत्रहरु सरसफाई गरिएको थियो ।

कार्यक्रममा करिब ५ हजार किलो बराबार ठूलो टिप्परको एक टिप्पर फोहोर संकलन भएको मण्डलीले जानकारी गरएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा महालक्ष्मी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष छिरिङ लामा, वडा सदस्य दाताराम कार्की, शान्ति विसुन्के मिजारको समेत उपस्थिति थियो । यसैगरी महालक्ष्मी नगरपालिका नगर प्रहरी गंगा बहादुर खड्का, प्रहरी प्रभाग इमाडोलका हवल्दार जित बहादुर तामाङ, समाजसेवीहरु, सिर्जनशीप सेवा प्रा. लि. र फुलबारी सेवा प्रा. लि.का प्रतिनिधिहरु लगाएतको उपस्थिति रहेको थियो ।

देशभरिका सहरको वातावरण सफा बनाउँदै आएको परमेश्वरको मण्डलीले बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेशका विभिन्न क्षेत्रहरूमा वृक्षारोपण, वन संरक्षण जस्ता गतिविधिमार्फत कार्बन न्यूनीकरण र हरियाली सिर्जना गर्न योगदान पुऱ्याउने ‘आशाको वन’ अभियान र ‘प्लास्टिक फुटप्रिन्ट मेटाउने’ अभियान पनि जारी गर्दैआएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार