काठमाडौं । नेकपा एमालेका नेता पासाङ शेर्पा पक्राउ परेका छन् ।
काठमाडौंको धुम्बाराहीबाट उनी पक्राउ परेका हुन् । वहुविवाहको आरोपमा अदालतले उनलाई दोषी ठहर गर्दै एक वर्ष कैद र पाँच हजार जरिवाना तोकेको र सोही फैसला कार्यान्वयनका लागि शेर्पालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
काठमाडौं परिसरका एसपी पवन भट्टराईले शेर्पा पक्राउबारे जानकारी दिँदै भने–वहुविवाहको आरोपमा अदालतले दोषी ठहर गरेको पाइएपछि पक्राउ गरेका हौँ ।”