काठमाडौं । यस वर्ष तिहारमा भाई मसलाको मूल्य करिब ३० प्रतिशतले वृद्धि भएको छ ।
काठमाडौंको असनमा वर्षौंदेखि भाईमसलाको व्यापार गर्दै आएका व्यापारी र खरिदका लागि पुगेका ग्राहकहरुले गतवर्ष भन्दा यस वर्ष भाई मसलाको मूल्य बढेको बताएका हुन् ।
बजारमा यसवर्ष प्रतिकेजी काजु २ हजार २००, बदाम एक हजार ७००, किसमिस ६००, कालोदाख १ हजार, ओखर ५५० खरिद मूल्य राखिएको छ।
त्यसैगरी प्रतिकेजी ओखरगुदी १ हजार ५००, नरिवल ५५०, दाना मिश्री १८०, धागो मिश्री २००, मखना २ हजार दालचिनी ८०० मूल्य राखिएको छ । तर सबै सामग्रीमा करिव २५–३० प्रतिशत मूल्य गतवर्ष भन्दा बढेको स्थाानीय व्यापारीहरुको अनुभव छ । मूल्य बढेकाले व्यापार घटेको व्यापारी बताउँछन् ।