काठमाडौं । वाणिज्य बैंकहरुले चालु आव २०८२–८३ को दुई महिनामा १६ अर्ब ५९ करोड ८७ लाख रुपियाँ नाफा कमाएका छन् ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको साउन र भदौ महिनाको तथ्याङ्क अनुुसार सबैभन्दा बढी १ अर्ब ६२ ८२ लाख नाफा कमाएको छ ।
यो दुई महिनामा सबैभन्दा कम नेपाल एनबिआई–३५ करोड ४५ लाख रुपियाँ मात्रै नाफा कमाएको तथ्याङ्कमा उल्लेख छ ।
कुन बैंकले कति नाफा कमाए ?
१. ग्लोबल आइएमई–१ अर्ब ६२ करोड ८२ लाख
२. नबिल बैंक–१ अर्ब ३२ करोड ७१ लाख
३. नेपाल इन्भेष्टमेन्ट मेगा–१ अर्ब २६ करोड ४४ लाख
४. कुमारी–१ अर्ब ५ करोड ६८ लाख
६. प्राइम–१ अर्ब ४ करोड ६७ लाख
७. एनएमबि–१ अर्ब ३ करोड ९ लाख
८. लक्ष्मी सनराइज–९७ करोड ४१ लाख
९. एभरेष्ट–९१ करोड २८ लाख
१०. राष्ट्रिय वाणिज्य बैंक–८८ करोड ५८ लाख
११. सिद्धार्थ–८४ करोड ९० लाख
१२. नेपाल बैंक–८४ करोड २८ लाख
१३. सानिमा–७२ करोड १५ लाख
१४. प्रभु–६७ करोड ६० लाख
१५. कृषि विकास बैंक–५८ करोड ९८ लाख
१६. स्ट्याण्डर्ड चार्टर्ड–५३ करोड २२ लाख
१७. एनआईसी एशिया–४९ करोड ५१ लाख
१८. माछापुच्छ्रे–४८ करोड १९ लाख
१९. हिमालयन–३७ करोड ७ लाख
२०. नेपाल एनबिआई–३५ करोड ४५ लाख
जम्माः १६ अर्ब ५९ करोड ८७ लाख