सुनको मूल्य बढ्ने क्रम आज पनि जारी, ताेलामा एकैदिन रू. ७१०० को उछाल

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य बढ्ने क्रम आज पनि जारी छ । पछिल्लो समय निरन्तर रेकर्ड कायम राखिरहेको सुनको मूल्य आज ७ हजार १ सय रुपैयाँले बढेको हो । आज सुन प्रतितोला २ लाख ५८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

हिजो प्रतितोला सुनको मूल्य २ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । हिजो प्रतितोला ३ हजार २४० रुपैयाँमा कारोबार भएको चाँदी आज ११० रुपैयाँको वृद्धिका साथ ३ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार