मितेरी डेभलपमेन्ट बैंकद्वारा १० प्रतिशत लाभांश घोषणा

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले १० प्रतिशत लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०८१–८२ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश ९करसहित० प्रस्ताव गर्ने निर्णय गरेको सीईओ अनन्त चापागाईंले जनाएका छन् ।

कम्पनीको हाल कायम चुक्तापूँजी १ अर्ब २१ करोड ७१ लाख रुपियाँ छ । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरे पछि शेयरधनीहरुले पाउने छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार