काठमाडौं– सरकारले आफूमाथि षड्यन्त्र गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताएका छन् । सोमबार उनले आफूमाथि भएको षड्यन्त्रबारे चितवनका जनतालाई सम्बोधन गर्ने बताए ।
आजबाट पार्टीको जिम्मेवारीमा फर्किएका सभापति लामिछानेले केन्द्रीय समिति बैठकअघि पत्रकार सम्मेलन गरेर यस्तो बताएका हुन् । उनले सरकाले अझै सक्छ भने आफूलाई थुनेर देखाउन पनि ठाडो चुनौती दिएका छन् ।
‘मलाई थुन, संविधान संशोधन गर्ने भनेर बनेको सरकार ममाथि खनिएको छ । म चितवनका जनतालाई बताउन चाहन्छु । म आउने शनिबार चितवन गएर के षड्यन्त्र भयो सबै चितवनवासीलाई बताउन चाहन्छु ।