सुनको मूल्य प्रतितोला ३ हजार रुपियाँ बढ्यो

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ३ हजार र चाँदी प्रतितोला ४० रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ३८ हजार रुपियाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार सुनको मूल्य ४ हजार २ सय रुपैयाँले घट्दै प्रतितोला २ लाख ३५ हजार रुपैयाँ कायम भएको थियो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज ४० रुपैयाँले बढ्दै प्रतितोला ३ हजार १२५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार