ग्लोबल आइएमई बैंकको लाभांश घोषणा

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।
बैठकले आव २०८१/८२ को वितरणयोग्य मुनाफा समेतबाट सेयरधनीहरुलाई ८ प्रतिशत नगद लाभांश (नगद लाभांशमा लाग्ने करसमेत) प्रदान गर्ने निर्णय गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत भएपश्चात बैंकको आगामी १९ औं साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार