काठमाडौं । निर्वाचन आयोगले नयाँ दल दर्ताका लागि आगामी कात्तिक ३० गतेसम्मको समय तोकेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज (असोज २०) जारी गरेको विज्ञप्तिअनुसार नयाँ दलले आगामी कात्तिक ३० गतेअघि नै दल दर्ताको प्रमाणपत्र लिनुपर्नेछ ।
आयोगले निर्वाचन प्रयोजनका लागि भने मंसिर १ देखि १० गतेसम्म दर्ताको मिति तोकेको छ । “कार्यतालिकामा निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय मंसिर १ देखि १० गतेसम्म रहेको र आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले मात्र निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न पाउने कानुनी व्यवस्था रहेको हुँदा निर्वाचनमा भाग लिन चाहने सरोकारवालाले मिति २०८२/७/३० अगावै राजनीतिक दल दर्ताको प्रमाणपत्र लिइसक्नु पर्नेछ,” आयोगको विज्ञप्तिमा भनिएको छ ।