म्यानमारमा भूकम्पपछि भत्किएको घरबाट ६० घण्टापछि चार जनाको उद्धार

म्यानमार – शुक्रबार गएको भूकम्पपछि भत्किएको घरमा पुरिएका चार जनाको ६० घण्टापछि उद्धार गरिएको छ । ७ दशमलव ७ म्याग्निच्यूडको सो भूकम्पमा परेर १७ सय जना भन्दा बढीको ज्यान गएको छ ।

उत्तरी सागाइमा भत्किएको घरबाट उनीहरूको उद्धार भएको जनाइएको छ । म्यानमार र थाइल्यान्डमा अझ पनि सयौं मानिस हराइरहेका छन् । थाइल्यान्डको राजधानी बैंककमा भने १८ जनाको ज्यान गएको छ भने ७६ जना अझ हराइ रहेका छन् ।

उद्धार कार्य चलिरहेकै समयमा अन्तर्राष्ट्रिय क्षेत्रबाट सहयोग पुग्नेक्रम सुरु भइसकेको छ । कुनै अति प्रभावित क्षेत्रमा भने यसका ढिलाइ भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार