नेपाल आउने नेपाली वा विदेशी नागरिकले अमेरिकी डलर ५ हजारसम्म मात्र ल्याउन पाउने : अर्थ मन्त्रालय

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल आउने नेपाली वा विदेशी नागरिकले अमेरिकी डलर ५ हजारसम्मको रकम ल्याउन पाउने जनाएको छ। मन्त्रालयले भन्सार घोषणा बिना ५ हजारभन्दा बढी रकम ल्याउँदा भन्सार घोषणा आवश्यक रहेको जनाएको छ।

यसैगरी अर्थ मन्त्रालयले अधिकतम अमेरिकी डलर १,५०० विदेशी मुद्रासम्म नगदमा राख्न सक्ने समेत जनाएको छ।

‘नेपाल आउने नेपाली वा विदेशी नागरिकले अमेरिकी डलर ५ हजारसम्म, भारतीय रूपैंयाको हकमा अमेरिकी डलर ५,००० बराबर हुन आउने भारतीय रूपैंया सम्म र नेपाल राष्ट्र बैंकबाट विनिमय दर प्रकाशन नहुने अन्य विदेशी मुद्राको हकमा समेत अमेरिकी डलर ५,००० बराबरसम्म भन्सार घोषणा विना नेपालमा भित्र्याउन सक्ने र सो भन्दा बढी रकमको हकमा भने भन्सार घोषणा गरी प्रमाणित गराउनु पर्ने व्यवस्था रहेको छ,’ सूचनामा भनिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार