राष्ट्रपति पौडेलले आमनागरिकलाई दशैँको टीका नलगाउने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैँको अवसरमा यस वर्ष नागरिकलाई टीका नलगाउने भएका छन् ।

देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपतिद्वारा टीका लगाउने कार्यक्रम नरहेको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिइन् ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ७६ जनाको निधन भएको र थुप्रै घाइते अस्पतालमा उपचाररत रहेकाले यस घडीमा राष्ट्रपति पौडेलले सर्वसाधारणलाई टीका नलगाउने भएका हुन् ।

विगतमा राष्ट्रपतिबाट बडादशैँको अवसरमा आमनागरिकलाई टीका लगाउने गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार