दशैंमा तीन दिन मनकामना केबलकार सेवा बन्द रहने

काठमाण्डौ । मनकामना केबलकार प्रा.लि.ले यस वर्षको महानवमी, विजया दशमी र एकादशीका दिन सेवा सञ्चालन नहुने जनाएको छ। कम्पनीका अनुसार असोज १५ गते (अक्टोबर १), असोज १६ गते (अक्टोबर २) र असोज १७ गते (अक्टोबर ३) मा केबलकार सेवा बन्द रहनेछ।

यस अवधिमा यात्रुहरूलाई असुविधा हुन सक्ने भएकाले कम्पनीले क्षमा प्रकट गरेको छ। नियमित सेवा असोज १८ गते (अक्टोबर ४), शनिबारदेखि पुनः सुचारु हुने जानकारी कम्पनीले दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार