बढ्यो सुनको भाऊ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– आज शुक्रबार स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रति तोला १२०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख २२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो प्रतितोला २ लाख २१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार