घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा बिहीबार सुनको मूल्य घटेको छ । बुधबार १३ सय रुपैयाँले बढ्दै रेकर्ड कायम गरेको सुनको मूल्य आज भने घटेको हो । आज सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले घटेर प्रतितोला २ लाख २१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो एक तोला सुनको मूल्य २ लाख २३ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घट्दै प्रतितोला २ हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार