राष्ट्रपतिले जारी गरे मतदाता नामवालीसम्बन्धी अध्यादेश

काठमाडौं- राष्‍ट्रपति रामचन्द्र पौडेलले मतदाता नामवालीसम्बन्धी अध्यादेश बुधबार जारी गरेका छन् ।

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता भएपछि पौडेलले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका हुन् ।

पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीबीच बुधबार भेटवार्ता भएको थियो ।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा समसामयिक राजनीति, फागुन २१ मे तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा अवस्थाबारे छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार