काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वस्तु आयात १६.२३ प्रतिशतले बढेको छ ।
भन्सार बिभागले आज सार्वजनिक गरेको भदौ मसान्तसम्मको वैदेशिक व्यापार सम्बन्धी तथ्यांकले यस्तो देखाएको हो ।
गत आवको पहिलो दुई महिनामा दुई खर्ब ६२ अर्ब ५४ करोड २६ लाख रुपियाँको बस्तु आयात भएको थियो । चालु आवको पहिलो दुई महिनामा भने तीन खर्ब पाँच अर्ब १५ करोड ५० लाख ९९ हजार रुपियाँको बस्तु आयात भएको छ ।
यस्तै, समिक्षा अवधीमा नेपालको बस्तु निर्यात ८८.५७ प्रतिशतले बढेको देखिन्छ । गत आवको पहिलो त्रैमासमा २५ अर्ब नौ करोड ३१ लाख तीन हजार रुपियाँको बस्तु निर्यात भएको थियो । चालु आवको पहिलो दुई महिनामा ४७ अर्ब ३१ करोड ७६ लाख ६३ हजार रुपियाँको वस्तु निर्यात भएको छ ।
बाढीले तातोपानी नाका बन्द भएपनि वैदेशिक व्यापारको तथ्यांकमा असर परेको देखिन्न । भदौ मसान्तसम्मको तथ्यांकले जेनजी आन्दोलनको असर पनि वैदेशिक व्यापारमा देखिएको छैन ।