काठमाडौ । दशैं नजिकीदैं गर्दा बिभिन्न राष्ट्रिय राजमार्गका १४ सडक खण्ड पुर्णरुपमा अवरुद्ध छन् । सडक बिभागले तयार गरेको पछिल्लो तथ्यांकले यस्तो देखाएको हो । त्यसमा नारायणगढ–मुग्लीङ सडक खण्ड पनि रहेको छ । तुईन खोला नजिक गएको पहिरोले यो सडक शुक्रबार साँझ साढे ६ बजेदेखि अवरुद्ध छ ।
शनिबार साँझसम्म त्यो खुल्न सकेको छैन । शनिबार राती काम गर्न नसकेपछि आइतबार बिहानदेखि मात्रै सडक खुलाउने काम सुरु हुनेछ । यद्यपि, पहिरो नियमीत रुपमा खसेको हुनाले सडक कहिले खुल्छ भनेर टुंगो छैन । बाटो नखुल्दा हजारौ सवारी साधान र यात्रु त्यहाँ अलपल परेका छन् । बाहेक अन्य १३ सडक खण्ड पनि पूर्ण रुपमा अवरुद्ध छ ।
ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशुली–वेत्रावती–मैलुङ–स्यफ्रुवेसी–रसुवागढीको स्याउपार्किङ ९रसुवा० खण्ड, रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले, लेघुवाघाट–तुम्लिङ्गटार–खाँदवारी–नुम–किमाथाङ्का ९कोशी राजमार्ग० को बरुण ९संखुवासभा०, चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक ९तमोर करीडोर० को रानीपुल बेली बृज ९ताप्लेजुङ० खण्ड, ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशुली–वेत्रावती–मैलुङ–स्यफ्रुवेसी–रसुवागढीको तातोपानी, टिमुरे ९रसुवा० खण्ड, छिन्चु–कुदु–जाजरकोट–दुनै–धो–तिन्जे–मरिम ९भेरी करीडोर० को रिजगाड, उसुम खोला र छलगाड ९पश्चिम रुकुम० खण्ड, कोईलावास–लमही, अर्जुनखोला–घोराही–होलेरी–घर्तिगाँऊ–थवाङ–लुकुम ९शहिद मार्ग० को पुतलाचौररग्राम्जिम ९रोल्पा० खण्ड अवरुद्ध छ ।
यस्तै, सुर्खेत तल्लो डुङ्गेश्वर–सातखम्बा–दुल्लु–पिपलकोट–खुलालु–मान्मा–नाग्मा–जुम्ला सडकको बागदुल्ला, डल्लु ९दैलेख० खण्ड, रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले, लेघुवाघाट–तुम्लिङ्गटार–खाँदवारी–नुम–किमाथाङ्का ९कोशी राजमार्ग० को अल्फटे ९संखुवासभा० खण्ड, काठमाण्डौं–धुलीखेल–दोलालघाट–खाडीचौर–कोदारी ९अरनिको राजमार्ग० को कोदारी ९सिन्धुपाल्चोक० खण्ड, काठमाण्डौं–धुलीखेल–दोलालघाट–खाडीचौर–कोदारी ९अरनिको राजमार्ग०को घट्टेखोला ९ सिन्धुपाल्चोक० खण्ड, तानसेन–रिडी–कोरलाको काभ्रे भिर ९भ्याग्दी० खण्ड, कक्रहवा ९भारत सिमा०–रुद्रपुर सालझण्डी–सन्धीखर्क–देवीस्थान, वुर्तीवाङ्ग–ढोरपाटनको निगाली देउराली ९अर्घाखाँची० खण्ड र पुष्पलाल ९मध्य पहाडी ० राजमार्गको भडारे खोला ९ओखलढुंगा० खण्ड अवरुद्ध छ ।