कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले एक हजार ३२२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयर खरिद गर्न इच्छुक खरिदकर्ताले आवश्यक कागजातसहित ३५ दिनभित्र कुमारी क्यापिटल लिमिटेड, नक्साल वा कुमारी बैंकको प्रधान कार्यालय, टंगालमा निवेदन दिन सकिनेछ ।

यो शेयर हाल बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न सक्नेछन् । शेयरको बिक्रीमूल्य भने बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ । ३५ दिनभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणमा बिक्री गरिने पनि बैंकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार