खानीखोला हाइड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद पुनः थप

काठमाण्डौ । खानीखोला हाइड्रोपावर लिमिटेडले हकप्रद सेयरको खरिदका लागि आवेदन दिने म्याद दोस्रोपटकका लागि थप गरेको छ । कम्पनीले गत भदौ ३ गतेदेखि हाल कायम चुक्तापूँजी ४६ करोड ५७ लाख १४ हजार ३ सय रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु.१०० अंकित दरका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर जारी गरेको छ ।

यो हकप्रदमा भदौ २३ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो । तर माग बमोजिम आवेदन नपरेकाले आवेदन दिने समय भदौ ३१ गतेसम्मका लागि लम्बाइएको थियो ।

तर देशमा हाल सिर्जना भएको विषय अवस्थालाई मध्यनजर गर्दै अन्तिमपटकका लागि अब असोज ५ गतेसम्मका लागि आवेदन दिने म्याद थप गरिएको छ ।

कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत असार २७ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ, असार २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् ।

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धक सिटिजन्स क्यपिटलका साथै रिटिजन्स बैंकको कुमारीपाटी, ठिमी, विराटनगर, बिर्तामोड, विरगञ्ज,सुर्खेत, नरायणगढ,धनगढी, पोखरा९न्यूरोड०,बुटवल ,हेटौडाशाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यस्तै कुमारी बैंकको बाग्मति शाखा(ललितपुर) र नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा ‘मेरो सेयर’ बाट समेत आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार