काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन्। उनले पार्टी परित्याग गरेको उनीनिकट नेताले बताएका छन् । यसबारे सोध्न पटक(पटक श्रेष्ठलाई सम्पर्क गरे पनि उनीसँग सम्पर्क हुन सकेको छैन । उनले यसबारेमा सार्वजनिक रूपमा केही बोलेकी छैनन् ।
पार्टीकी सह(मामन्त्री रहेकी श्रेष्ठले करिब तीन महिना अगाडि नैपदबाट राजीनामा दिएकी थिइन्। तन र उनको राजीनामा पार्टीले स्वीकृति गरेको थिएन। सभापति रवि लामिछानेले उनको राजीनामा रोकेका थिए ।
सुशीला कार्कीले प्रधानमन्त्रीको शपथ लिँदा शीतल निवास पुगेकी उनी मन्त्री बन्ने चर्चा चलेको थियो ।