लोत्से मलमा भएको आगजनीबाट ३५ करोड बढीको क्षति

काठमाडौँ । काठमाडौँको नयाँबसपार्कस्थित लोत्से मलमा आगजनी हुँदा ३५ करोडभन्दा बढीको क्षति भएको छ ।

जेनजी प्रदर्शनका क्रममा यही भदौ २४ गते राति ९ः०० बजे लोत्से मलमा आगजनी भएको थियो । उक्त आगो भोलिपल्ट बिहान ५ः३० बजे नियन्त्रणमा आएको थियो । उक्त आगजनीबाट रु ३५ करोडभन्दा बढीको क्षति भएको लोत्से बहुउदेश्यीय प्रालिले जनाएको छ ।

दसैँ अगाडि उक्त घटना भएकाले चाडपर्व लक्षित गरी बिक्रीका लागि ल्याइएका कपडासहितका ५० भन्दाबढी कपडा पसल जलेर पूर्ण रुपमा नष्ट भएका प्रालिका अध्यक्ष एवं सञ्चालक दिपक कुँवरले जानकारी दिए । उनका अनुसार कपडाबाहेक मोबाइल, रेष्टुरेन्टलगायत पसलसमेत जलेका छन् । यसअघि २०७९ फागुन १ गते यातायात मजदुरको आन्दोलनका क्रममा लोत्से मल तोडफोड हुनुका साथै आगजनीसमेत भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार