काठमाडौंमा चल्न थाले सार्वजनिक गाडी

काठमाडौं । गत मंगलबारदेखि ठप्प रहेको सार्वजनिक सवारी साधनको आवागमन शनिबारदेखि सुरु भएको छ । शुक्रबार फाट्टफुट्टमात्र चलेका सवारी साधन आज शनिबार बिहानदेखि बाक्लो संख्यामा चलेका छन् ।

चितवनतर्फबाट पनि बसहरु काठमाडौंका लागि प्रस्थान गरेका छन् ।

जेनजीले सोमबार प्रदर्शन गर्दा नयाँ बानेश्वर वरपर बाहेकका क्षेत्रमा सार्वजनिक सवारी साधन चलेका थिए । मंगलबारदेखि उपत्यकाको सबै क्षेत्रमा प्रदर्शन हुन थालेसँगै सार्वजनिक सवारी साधन चल्न छाडेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार