अब पासपोर्ट, इमिग्रेसन, कर संकलन जस्ता सेवाहरू अनलाइनबाटै

काठमाण्डु -जेनजी आन्दोलन तथा प्रदर्शनका क्रममा भएको व्यापक क्षतिपछि सार्वजनिक सेवा प्रवाहलाई पुनः सञ्चालनतर्फ अघि बढाइएको नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले बताएका छन् ।

आन्दोलनका क्रममा आगजनी भएको सिंहदरबारको अवलोकन पश्चात पत्रकारहरूसँग कुरा गर्दै मुख्यसचिव अर्यालले आन्दोलनका क्रममा भएको जनधन तथा भौतिक संरचनाको क्षतिलाई ‘अत्यन्त अपूरणीय’ भन्दै त्यसको प्रारम्भिक मूल्यांकन सुरु गरिएको जानकारी दिए । उनका अनुसार, सिंहदरबारभित्र मात्र नभई बाहिरका धेरै सरकारी निकायहरूमा समेत गम्भीर क्षति पुगेको छ ।

अधिकारीले भने, ‘अब नागरिकलाई सेवा प्रवाह निरन्तरता दिनका लागि पासपोर्ट, वैदेशिक रोजगार, इमिग्रेसन, कर संकलनलगायतका सेवा अनलाइन प्रणालीबाट उपलब्ध गराउने व्यवस्था मिलाइसकिएको छ ।’

त्यस्तै खानेपानी, बिजुली, टेलिफोन जस्ता आधारभूत सेवाहरू अवरुद्ध नहोस् भन्नका लागि सम्बन्धित निकायहरूलाई निर्देशन दिइसकिएको र आपूर्ति सहज बनाउन समेत पहल भइरहेको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार