काठमाण्डौ । बुधबार रातिदेखि बिहीबार दिनभरसम्म नेपाली सेनासँग वार्तामा बसेका जेन जी अभियानका नेताहरु निश्कर्षविहीन अवस्थामा जंगीअड्डाबाट बाहिरिएका छन् ।
बुधबार र बिहीबार भएका वार्ताका क्रममा प्रत्येक पटक सेनापति अशोकराज सिग्देलले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई समेत आन्दोलनको स्टेकहोल्डर भन्दै अगाडि सारेपछि जेन जी अभियन्ताले वार्ता निश्कर्षविहीन बन्न पुगेको दाबी गरेका हुन् ।
नाम उल्लेख नगर्न आग्रह गर्दै बैठकबाट बाहिर निस्किएका जेन जी अभियानका एक नेताले बिहीबार पनि सेना, जेनजी प्रतिनिधि र पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीबीचको वार्तामा दुर्गा प्रसाईंलाई प्रवेश गराइएपछि असहज अवस्था बनेको दाबी गरे । प्रसाईको प्रवेश भएपछि चलिरहेको वार्ता नै रोकिएको ती नेताको दाबी छ ।
जेन जी अभियानका नेताहरु सेनापतिले पटक पटक दुर्गा प्रसाईंको नाम लिएपछि आशंकाहरु बढेका दाबी गर्छन् ।