थापाथलीका अधिकांश गाडी शोरुम तहसनहस, अर्बौंको क्षति

काठमाडौं । ‘जेएन–जी’को आन्दोलनका नाममा मंगलबार अराजक समूहले थापाथलीस्थित अधिकांश गाडीका शोरुममा ठूलो क्षति पु¥याएका छन् ।

कुनै राजनीति विवादमा नजोडिएका कम्पनी तथा ब्राण्डहरुको शोरुममा प्रदर्शनकारीले आक्रमण गरेका हुन् । उनीहरुले शोरुमको शिशा तोडेर भित्र पस्दै बिक्रीका लागि राखिएका नयाँ गाडीहरुको शिशा निर्ममतापूर्वक फुटालेको भिडियोमा देख्न सकिन्छ ।

कतिपय आक्रमणकारी भने शोरुमको कार्यालयभित्र पसेर तोडफोड, आगजनी, लुटपाट, कागजपत्र जलाउने जस्ता कार्यमा समेत संलग्न भएका छन् । निजी सम्पत्तिमा गरिएको तोडफोड र आगजनीले ‘जेएन–जी’को आन्दोलन दिनको उत्तरार्धमा अराजकm लुटपाट र आगजनीमा मोडिएको देखिन्छ ।

थापाथली क्षेत्रमा सिजी, हुण्डाई, निसान, टाटा, फोर्ड लगायत ब्राण्डका गाडीहरुका शोरुम थिए । तोडफोड र आगजनीले सो क्षेत्र अहिले उजाड र वैरागलाग्दो बनेको छ भने भएको क्षतिको अध्ययन गर्ने र प्रतिक्रिया दिने अवस्थामा अटोमोवाइल व्यवसायी छैनन् । उनीहरु निराश, त्रसित र प्रतिक्रियाविहीन बनेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार