काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले शुक्रबार भएको राजवादीहरूको हिंसात्मक प्रदर्शनमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई जोड्नु अनुपयुक्त र अनावश्यक भएको बताएका छन् । उनले हिंसा, अराजक वा आपराधिक कुनै पनि घटनामा संलग्न नरहेका राप्रपाका नेताहरू धवल शमशेर राणा, रवीन्द्र मिश्र, नवराज सुवेदी, स्वागत नेपाल लगायत सबैको तत्काल रिहा गर्न माग गरेका हुन् ।
‘हिजोको घटना वा कुनै दल वा समुहले गर्ने कार्यसँग राजालाई जोड्न खोज्नु सर्वथा अनुपयुक्त र अनावश्यक छ,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन् । उनले पार्टी कार्यालय,निजी घर, सुपर मार्केट र सरकारी कार्यालयमा भएको तोडफोड र आगजनी निन्दनीय भएको पनि बताएका छन्।