४ सय रुपैयाँले सस्तियाे आज सुनको भाउ, चाँदीको भाउमा समेत गिरावट 

काठमाण्डौ । आइतबार किर्तिमानी उचाईमा पुगेको सुनको मूल्य आज भने घटेको छ । आजको कारोबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा ४ सय रुपैयाँले सस्तिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ११ हजार ६ सय रुपैयाँमा भईरहेको छ ।

अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला २ लाख १२ हजार रुपैयाँ कायम थियो । जुन मूल्य हालसम्मकै उच्च हो । यस्तै आज चाँदीको भाउमा समेत गिरावट आएको छ । चाँदी २५ रुपैयाँले घट्दै प्रतितोला २ हजार ४७५ रुपैयाँमा सीमित बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार