काठमाडौं । सिटी होटल लिमिटेड र रिभर फल्स पावर लिमिटेडले आज साेमबारदेखि हकप्रद निष्कासन गर्दैछन् । सिटी होटलले हाल कायम चुक्ता पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपियाँबराबरको प्रतिकित्ता १०० अंकित दरमा १ः०.८ (१० कित्ताबराबर नयाँ ८ कित्ता) अनुपातमा १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।
साबिकका शेयधनीले असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन् । हकप्रद प्रयोजनार्थ होटलले साउन २७ गते एक दिन बुक क्लोज गरिसकेको छ । तसर्थ साउन २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीले मात्रै हकप्रदमा आवेदन दिन पाउनेछन् ।
होटलको हकप्रद बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । त्यस्तै, रिभर फल्सले शतप्रतिशत हकप्रद निष्कासन गर्न लागेको हो । कम्पनीले ७० करोड रुपियाँबराबरको प्रतिकित्ता १०० अंकित दरमा १ः१ अनुपातमा ७० लाख कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।