काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले ९ जना संस्थापक शेयरधनीको नाममा रहेको कुल २ लाख १४ हजार ४९२.६७ कित्ता बिक्रीमा ल्याएको हो ।
यो शेयर हाल बैंककै संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । शेयर खरिद गर्न चाहने संस्थापक शेयरधनीले ३५ दिनभित्र बैंकको कानुन विभाग, हेरिटेज प्लाजा, कमलदाी, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
शेयरको मूल्य बिक्रेताअनुसार फरकफरक भएकाले यससम्बन्धी थप जानकारीका लागि कानुन विभागमै सम्पर्क गर्न भनिएको छ । साथै, तोकिएको समयभित्र पर्याप्त आवेदन नपरेमा उक्त शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।