‘भोलिको र्‍याली स्पष्ट रूपमा जेन–जीको हो’ – बालेन

काटगमाडौँ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भोलि आयोजना हुन लागेको र्‍यालीलाई पूर्ण रूपमा जेन– जीको स्वत:स्फूर्त आन्दोलन भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको स्टाटसमा शाहले २८ वर्षमुनिका युवाहरूले नेतृत्व गर्ने यो र्‍यालीमा कुनै पनि पार्टी, नेता, सांसद, अभियन्ता वा कार्यकर्ताले आफ्नो स्वार्थ पूरा गर्न ‘बाठो नबन्न’ चेतावनी दिएका छन् ।

‘भोलिको र्‍याली स्पष्ट स्वत:स्फूर्त रूपमा जेन–जीको हो, उहाँहरू भनेको २८ वर्षमुनि हुनुहुन्छ, जसका लागि म पनि अझै बुढो देखिन्छु,’ उनले भनेका छन् ।

उनले जेन–जीलाई सम्बोधन गर्दै ‘प्रिय जेन–जी ! भन्नुस्, तपाईंहरूले कस्तो देश देख्न चाहनुहुन्छ ?’ भनी प्रश्न गरेका छन् ।

शाहले आफ्नो स्टाटसमा र्‍यालीप्रति पूर्ण समर्थन जनाएको भन्दै युवापुस्ताले देखाएको ऊर्जा र चाहनालाई सुनिनु आवश्यक रहेको पनि स्पष्ट पारेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार