नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला आज कति ?

काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आज आइतबारको कारोबारमा सुनको मूल्य १६ सय रुपैयाँले बढेसँगै नयाँ रेकर्ड कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रतितोला २ लाख १२ हजार रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

यसअघि भदौ २० गते सुनको मूल्य हालसम्मकै उच्च कायम थियो । उक्त दिन सुनको मूल्य २ लाख १० हजार ४ सय कायम थियो । आज चाँदीको भाउ समेत बढेको छ । चाँदी १० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ५ सय पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार