सिद्धार्थ म्युचुअल फण्डका तीन योजनाको लाभांश इकाइधनीको खातामा जम्मा

काठमाडौं । सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालित ३ वटा योजनाको लाभांश ९प्रतिफल० इकाइधनीको खातामा पठाइएको छ । सिद्धार्थ बैंक कोष प्रबर्द्धक र सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक एवम् डिपोजिटरी रहेको तीन म्युचुअल फण्डको लाभांश भदौ १८ गतेदेखि खातामा जम्मा गर्न थालिएको हो ।

तीनवटा बन्दमुखी योजना सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–३ ले क्रमशः करसहित २०, २० र १७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेका थिए । हालसम्म पनि हितग्राही (डिम्याट) खातामा बैंक खाता अद्यावधिक नगरेका इकाइधनीलाई खाता अद्यावधिक गर्न भनिएको छ ।

त्यसैगरी, यी योजनाको हकमा पनि इकाइ अभौतिकीकरण नगरेका इकाइधनीले सिद्धार्थ क्यापिटलका कार्यालयमा सम्पर्क राखी इकाइ अभौतिकीकरण गराउन सक्नेछन् । त्यसपछि मात्रै नगद लाभांश बैंक खातामा जम्मा हुने क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार