आईजीपी थापाले पाए अवकाश, भोलिबाट कमान्ड सम्हाल्दै खापुङ

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले अवकाश पाएका छन् । प्रहरीको ३० वर्षे सेवा अवधिका कारण थापाले आजदेखि अवकाश पाएका हुन् ।

उनीसँगै एआईजी टेकबहादुर तामाङ र सुदीप गिरीले पनि अवकाश पाएका छन् । आईजीपी थापासहित एआईजीद्वय गिरी र तामाङलाई नवनियुक्त आईजीपी चन्द्रकुबेर खापुङले बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक विशेष कार्यक्रममार्फत बिदाइ गरेका हुन् ।

प्रहरी प्रधान कार्यालयबाहेक आईजीपी थापालाई गृहमन्त्री रमेश लेखकले समेत आजै बिदाइ गरेका छन् । नवनियुक्त आईजीपी खापुङले भने भोलि बिहीबारदेखि प्रहरीको ३२औँ आईजीपीका रूपमा कमान्ड सम्हाल्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार