राजाबादी आन्दोलनमा २ को मृत्यु २ घाइते

काठमाडौं । तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १ जना र आगजनीमा परी थप १ जना सञ्चारकर्मीको मृत्यु भएको छ । २ जना गम्भीर घाइतेको अवस्था चिन्ताजनक छ, उनीहरुको उपचार बीर अस्पतालमा भइरहेको छ ।

प्रहरी श्रोतका अनुसार कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको हो भने एभिन्यूज टेलिभिजनका फोटो पत्रकार सुरेश रजक आगजनी भएको भवनको छतबाट दृश्य खिचिरहेका बेला आगलागीमा परेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार