टेलिफिल्म ‘पवित्र रिश्ता’बाट चर्चित अभिनेत्री प्रिया मराठेको क्यान्सरका कारण निधन

काठमाडौँ – हिन्दी र मराठी सिरियलकी लोकप्रिय अभिनेत्री प्रिया मराठेको आइतबार बिहान ३८ वर्षको उमेरमा निधन भएको छ । मुम्बई नजिकैको मीरा रोड क्षेत्रमा बस्दै आएकी उनी केही वर्षदेखि क्यान्सरबाट पीडित थिइन् ।

प्रसिद्ध अभिनेता सुबोध भावे प्रियाका नातेदारतार हुन् । उनका अनुसार, प्रियाको क्यान्सरकै कारण मृत्यु भएको हो । सुबोध भावे र प्रिया मराठेले केही टेलिसिरियल र मराठी फिल्ममा सँगै अभिनय गरेका पनि छन् ।

प्रिया मराठेले जी टीभीको चर्चित सिरियल ‘पवित्र रिश्ता’ मा एक महत्त्वपूर्ण भूमिका निभाएकी थिइन्, जहाँ उनले अंकिता लोखंडेको बहिनीको भूमिका निर्वाह गरेकी थिइन् ।

त्यसैगरी उनले हिन्दी टेलिसिरियल ‘उतरन’, ‘कसम से’, ‘बडे अच्छे लगते हैं’, ‘साथ निभाना साथिया’ जस्ता कार्यक्रमहरूमा पनि काम गरेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार